Logo

औद्योगिक व्यापार मेला बैशाख ७ देखि,१लाख भन्दा बढीले अवलोकन गर्ने अपेक्षा

औद्योगिक व्यापार मेला बैशाख ७ देखि,१लाख भन्दा बढीले अवलोकन गर्ने अपेक्षा


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । अन्तरराष्ट्रिय औद्योगिक व्यापार मेला तथा प्रविधि प्रद्धर्शनी आगामी बैशाख ७ देखि हुने भएको छ । नेपाल घरेलु तथा साना उद्योग महासंघले आयोजना गर्न लागेको मेला काठमाडौंको भृकुटीमण्डपमा हुन लागेको हो ।

मेलामा प्रद्धर्शन गर्न लायकका सबै खोज, अनुसन्धान तथा आविष्कारहरूलाई प्रद्धर्शित गराउने उद्देश्य रहेको आयोजकले जानकारी दिएको छ । मेलामा चीन, भारत, बंगलादेश, पाकिस्तानलगायत मुलुकमा विकास गरिएका प्रविधिहरू पनि प्रदर्शन गरिने छ ।

मेलामा औद्योकरणका लागि उपयुक्त हुने प्रविधिका आविष्कारकहरूलाई पुरस्कृत र सम्मान गर्ने कार्यक्रम समेत राखिनेछ । यसका लागि नेपाल सरकार विज्ञान तथा प्रविधि मन्त्रालय, उद्योग मन्त्रालय, कृषि मन्त्रालय, राष्ट्रिय विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान, नेपाल कृषि अनुसन्धान परिषद्, रिकास्ट र विश्वविद्यालयहरूसँग सहकार्य गरिने बताइएको छ । मेलामा तुलनात्मक लाभका क्षेत्रमा रहेका उद्योगहरूको उत्पादनको प्रदर्शनी र व्यापार समेत गरिनेछ ।

त्यस्तै उद्यमी र अन्वेषणकर्ता र उद्यमीबीच अन्तरक्रिया एवं छलफल, सांस्कृतिक कार्यक्रम र खाद्य महोत्सव प्रदर्शनीका थप आकर्षण हुनेछन् । ७५ जिल्लाबाटै उद्यमीहरू एवं उपयुक्त प्रविधि प्रयोगकर्ता उद्यमीहरू, प्रविधि अन्वेषणकर्ताहरूको सहभागिता रहने प्रदर्शनीमा ३ सय वटा स्टल रहनेछन् । १ लाख भन्दा बढी अवलोकनकर्ताहरूले अवलोकन गर्ने महासंघले अपेक्षा गरेको छ ।

प्रतिक्रिया दिनुहोस्