Logo

सुनको भाउ उकालो लाग्ने क्रम जारी, चाँदीमा पनि सामान्य बृद्धि

सुनको भाउ उकालो लाग्ने क्रम जारी, चाँदीमा पनि सामान्य बृद्धि


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । सुनको भाउ उकालो लाग्ने क्रम बिहीवार पनि जारी छ । बुधवार तोलाको ४ सयले बढेको सुन आज पनि ३ सय रुपैयाँले उकालो लागेको छ ।

बिहीवार सुनको भाउ ५२ हजार ७ सय पुगेको छ । बुधवार सुन तोलाको ५२ हजार ४ सयमा कारोवार भएको थियो ।

त्यस्तै आज चाँदीको भाउमा पनि सामान्य बृद्धि भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । महासंघका अनुसार आज चाँदी तोलाको ७ सय ६५ मा किनबेच भएको छ । मंगलवार चाँदीको भाउ ७ सय ६० तोकिएको थियो ।

प्रतिक्रिया दिनुहोस्