Logo

न्यूरोड मोबाइल महोत्सव शुरु, स्मार्टफोन खरिदमा एनसेलको सिम तथा १०० एमबीको डाटा

न्यूरोड मोबाइल महोत्सव शुरु, स्मार्टफोन खरिदमा एनसेलको सिम तथा १०० एमबीको डाटा


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । न्यूरोड मोबाइल महोत्सव २०७३ बुधवारदेखि शुरु भएको छ । नेपाल मोबाइल व्यवसायी संघले आयोजना गरेको सो महोत्सवको सूचना तथा संचार मन्त्री सुरेन्द्र कुमार कार्कीले उद्घाटन गरे ।

सो अवसरमा उनले न्यूरोड व्यवसायीक केन्द्रको रुपमा विकास भएको भन्दै हरेक युवालाई सूचना प्रविधिको क्षेत्रमा लाग्ने वातावरण तयार पार्नुपर्ने बताए । त्यस्तै सरकारले नेपाल दूरसंचार प्राधिकरण तथा नेपाल टेलिकममार्फत स्टार्टअप फण्ड बनाएर युवाहरुलाई सूचना प्रविधिको क्षेत्रमा आकर्षित गराउने प्रयास गरेको समेत जानकारी दिए ।

त्यसैगरी न्यूरोडमा रहेको गोरखापत्र संस्थानलाई भैसेपाटिमा सूचना ग्राम बनाएर सार्ने र त्यस स्थानलाई पार्कको रुपमा विकास गर्ने आफ्नो योजना रहेको सुनाए ।

महोत्सवका संयोजक पुरुषोत्तम बस्नेतले महोत्सवले मोबाइल व्यवसायको प्रबद्र्धन गर्ने र ग्राहकहरुलाई सूपथ मूल्यमा उपहार सहित मोबाइल किन्ने वातावरण तयार पार्ने जानकारी दिए । महोत्सवमा ग्राहकहरुका लागि विभिन्न स्कीमहरु ल्याएका तथा न्यूरोड आउने प्रत्येक व्यक्तिले उपहारहरु प्राप्त गन सक्ने बताइएको छ ।

एनसेलको प्रायोजनमा आयोजना भईरहेको न्यूरोड मोबाइल महोत्सव २०७३ मोबाइलको क्षेत्रमा अहिलेसम्मकै सबैभन्दा ठूलो इभेन्टको रुपमा आयोजना गरिएको आयोजकको दावी छ । महोत्सवअवधिभर स्मार्टफोन खरिदकर्तालाई एनसेलको सिम तथा १०० एमबीको डाटा अफरमा दिनेछ ।

संघले अंग्रेजी नयाँ वर्ष २०१७ को अवसर पारेर नेपालको सबैभन्दा ठूलो र पुरानो मोबाइल केन्द्र–पाको, न्यूरोड, ताम्राकार कम्प्लेस, पिपुल्स प्लाजा–लगायतका क्षेत्रहरुमा नेपालकै सबैभन्दा ठूलो मोबाइल महोत्सव आयोजना गरेको हो । महोत्सवको अवसर पारेर अन्तर्राष्ट्रिय मोबाइल ब्राण्ड जोप्पो र लिएगो मोबाइल ब्राण्डहरुले औपचारिकरुपमा बिक्री शुरु गरेका छन् ।

मोबाइल महोत्सवको अवसर पारेर न्यूरोड भूगोल पार्कमा दैनिकरुपमा विभिन्न किसिमका मोबाइल गेमहरुको प्रतिस्पर्धा भईरहेको छ । जहाँ ५ हजार भन्दा बढि युवाहरुको सहभागीता रहेको छ । त्यसैगरी महोत्सव क्षेत्रमा विभिन्न मोबाइल कम्पनीहरुले मनोरन्जनात्मक खेलहरु खेलाईरहेका छन भने विभिन्न स्थानमा फुड स्टल, बालबालिकाहरुको लागि किड्स जोनको पनि व्यवस्था गरिएको छ ।

महोत्सव अवधिभर हरेक अवलोकनकर्ताहरुले हात खाली नजाने गरि खेलमार्फत विभिन्न उपहार प्राप्त गर्न सक्नेछन भने माइक्रोसफ्टको एउटा स्मार्टफोन किन्दा अर्को स्मार्टफोन अफर पनि राखिएको छ । त्यसैगरी ग्राहकहरुले मोबाइल खरिदमा विभिन्न ब्राण्डका स्मार्टफोनहरु दैनिकरुपमा लक्की ड्रमार्फत प्राप्त गर्नेछन् भने अन्य विभिन्न उपहारहरु पनि दैनिकरुपमा बितरण गरिने बताइएका छ । महोत्सव पुष १९ गतेसम्म चल्ने छ ।

प्रतिक्रिया दिनुहोस्