Logo

सेयर बजारमा देखियो रौनक, परिसुचक दोहोरो अंकले बढ्दा कारोबार पाँच महिनाकै उच्च

सेयर बजारमा देखियो रौनक, परिसुचक दोहोरो अंकले बढ्दा कारोबार पाँच महिनाकै उच्च



काठमाडौं । साताको पहिलो दिन नेपाली सेयर बजारमा रौनक देखिएको छ । आइतबार कारोबार समयको सुरुवातदेखि लगातार उकालो लागेको नेप्से अन्तिम समयमा उच्च अंकले बढ्न पुगेको हो । नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार आज सेयरबजार मापक नेप्से परिसुचक ६९.८० अंकले बढ्दै २७ सय २७ को विन्दुमा पुगेर रोकिएको हो ।

आज कारोबार रकम पनि पछिल्लो ५ महिनाकै उच्च हुन पुगेको छ । यसअघि गत भदौ २ गते १२ अर्ब ६ कराेड रुपैयाँ बराबर कारोबार भएकोमा आज पुनः कारोबार बढ्दै १२ अर्ब ९५ करोड ५७ लाख नाघेको हो ।

खासगरी पुष मसान्तको तनावबाट बाहिर आएसँगै लगानीकर्ताहरुले सेयर बजारतर्फ लगानी बढाएका छन् । यस्तै पछिल्लो समय बैंकमा फालाफाल लगानीको हल्ला र व्याजदर लगातार घटिरहेको प्रभाव सेयर बजारमा देखिन थालेको एक लगानीकर्ताले बिजखबरलाई बताए । ‘बैंकमा लगानीयोग्य रकम फालाफाल छ, ब्याजदर पनि न्युन विन्दुमा पुगेको छ,’ उनले भने, ‘यसको प्रत्यक्ष प्रभाव सेयरबजारमा देखिनुपर्ने थियो देखियो ।’ उनले अब सेयर बजारले उकालो यात्रा तय गरेकोसमेत बताए ।

आज कारोबार अवधिभर कुल ३ सय ३० कम्पनीका २ करोड ४८ लाख ४८ हजार बढी कित्ता १ लाख ३० हजार बढीपटक किनबेच भएका छन् । आज कारोबारमा आएकामध्ये २ सय २ कम्पनीको सेयरमूल्य उकालो लाग्दा ३७ कम्पनीको सेयरमुल्यमा गिरावट आएका छन् । आज उकालो लागेकामध्ये ९ कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ भने ओरालो लागेकामध्ये एक सामुदायिक लघुवित्त वित्तीय संस्थाको सेयरमूल्यमा नकारात्मक सर्किट लागेको छ ।

आज एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको सबैभन्दा बढी ४१ अबै बढीको सेयर कारोबार भएको नेप्सेले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्