Logo

नेप्सेले भन्यो बैंकलाई ब्रोकर लाईसेन्स दिँदा बाफिया हेर्नुपर्छ, ब्रोकरलाई जिल्ला पठाउने तयारी

नेप्सेले भन्यो बैंकलाई ब्रोकर लाईसेन्स दिँदा बाफिया हेर्नुपर्छ, ब्रोकरलाई जिल्ला पठाउने तयारी


बिजखबर संवाददाता
54
Shares

काठमाडौं । नेपाल स्टक एक्स्चेञ्च (नेप्से)ले बाणिज्य बैंकलाई ब्रोकर लाइसेन्स दिन बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन (वाफिया) लाई मध्यनजर गर्नुपर्ने भन्दै सो विषयमा थप अध्ययन गर्नुपर्ने बताएको छ । वाणिज्य बैंकलाई ब्रोकर लाइसेन्स दिन कमिटि गठन गरिए पनि सो सम्बन्धमा वाफिया तथा राष्ट्र बैंकको निर्देशनलाई पालना गर्नुपर्ने हुँदा यस अघि तयार गरिएको प्रतिवेदनमा थप छलफल गर्नुपर्ने नेप्सेले जानकारी दिएको छ ।

धितोपत्र दलाल व्यवसायीहरुको शाखा विस्तार, उपत्यका बाहिर दलाल व्यवसायीहरुको शाखा विस्तार तथा दलाल व्यवसाय थप गरी क्षमता विस्तार गर्ने सम्बन्धमा सम्बन्धित सबै पक्षहरुको संलग्नता हुने गरी एक कार्यदल बनाई कार्य प्रक्रिया अगाडि बढाउन बोर्डले निर्देशन दिएको थियो । सो सम्बन्धमा बोर्डबाट प्रतिनिधि पठाएपनि अन्तिम चरणमा झिकेर अप्ठ्यारो बनाएको नेप्सेको आरोप छ ।

तर, काठमाडौं उपत्यका बाहिरका मुख्य सहरहरुमा सदस्य दलालहरुको रिपोट ओर्क स्टेशन (आरडब्लूएस) स्थापना गर्ने, बैंक तथा वित्तीय संस्थाहरुलाई दलालको इजाजत प्रदान गर्ने तथा अन्य संस्थाहरुलाई पनि दलाल सदस्यता खुला गर्ने सम्बन्धी अध्ययन गरी कार्यदलले प्रतिवेदन समेत पेश गरिसकेको नेप्सेले जानकारी दिएको छ ।

हाल उपत्यका वाहिर ९ वटा दलालहरुले काठमाडौं उपत्यका बाहिरका मुख्य सहरहरुबाट पनि आरडब्लूएस गरिरहेको र सम्भावनायुक्त क्षेत्रहरुमा थप गर्न गृहकार्य भैरहेको नेप्सेद्वारा जारी विज्ञप्तीमा उल्लेख छ आरडब्लूएस नलिएका ४१ सदस्य दलाललाई एक÷एक वटा संचालन अनुमति दिन लागेको नेप्सेले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL