बिजखबर संवाददाता
२४ पुस, काठमाठौं । विहिबार सुनको भाउँ ५ सयले घटेको छ । बिहिबारको लागि सुन प्रतितोला ५२ हजार २ सयमा कारोबार भइरहेको सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । बुधबार सुन प्रतितोला ५२ हजार ७ सय रुपैयामा कारोबार भएको थियो ।
यसैगरी छापावाला सुनमा पनि ५ सय गिरावट आएको छ । छापावाला सुन प्रति तोला ५१ हजार ९ सय ५० मा कारोबार भइरहेको छ ।
चाँदीको मुल्यमा भने स्थिर रहेको छ । आज चाँदी प्रतितोला ७ सय १० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।