Logo

सेयर बजारमा दोहोरो अंकको गिरावट, झण्डै ९ अर्बको कारोबार

सेयर बजारमा दोहोरो अंकको गिरावट, झण्डै ९ अर्बको कारोबार



काठमाडौं । साताको दोस्रो कारोबार दिन ‘सोमबार’ नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक दोहोरो अंकले घटेको छ । कारोबार समयको सुरुवातिदेखि तिव्र उत्तारचढाव भईरहेको नेप्से अन्तिम समयमा १०.६१ अंकले घट्दै २६ सय ३३ को विन्दुमा झरेर बन्द भएको हो । आज कुल ३ सय १२ कम्पनीका १ करोड ७२ लाख ५३ हजार बढी कित्ता सेयर किनबेच हुँदा कारोबार रकम ८ अर्ब ९२ करोड ४० लाख माथि पुगेको छ ।

आज कारोबारमा आएकामध्ये ५ समुहका परिसुचक उकालो लाग्दा ८ समुहको परिसुचक भने ओरालो लागेका छ । यससँगै आज कारोबारमा आएकामध्ये १ सय ५ कम्पनीको सेयरमूल्य उकालो लाग्दा १ सय २९ कम्पनीको सेयरमूल्यमा गिरावट आएको छ । यस्तै आज ९ कम्पनीको सेयरमूल्य यथावत छ ।

प्रतिक्रिया दिनुहोस्
Skip This
Skip This