काठमाडौं । इलेक्ट्रिक भेहिकल ब्रान्ड सेरेसले ‘लिमिटलेस एक्सपिरियन्स’ नामक विशेष एक्सचेन्ज र टेस्ट ड्राइभ क्याम्पको घोषणा गरेको छ । जनवरी २६ देखि ३० सम्म नेपालभरका सेरेस शोरूमहरूमा सञ्चालन हुनेगरी कम्पनीले उक्त क्याम्पको घोषणा गरेको हो । काठमाडौं उपत्यकाका नक्साल, थसिखेल, भक्तपुर, नयाँबजार तथा पोखरा, बुटवल, चितवन, वीरगञ्ज र विराटनगरका शोरूमहरूमा उपलब्ध यो कार्यक्रमले ग्राहकहरूलाई इलेक्ट्रिक सवारी साधनको उन्नत प्रविधि र प्रदर्शन प्रत्यक्ष अनुभव गर्ने अवसर प्रदान गर्नेछ।
पाँच दिनसम्म चल्ने यस कार्यक्रमअन्तर्गत ग्राहकहरूले नगद छुट, निःशुल्क ७ किलोवाट चार्जर, टेस्ट ड्राइभमा विशेष गिफ्ट ह्याम्पर, उत्कृष्ट एक्सचेन्ज मूल्य तथा बोनसजस्ता आकर्षक अफरहरूको लाभ उठाउन सक्नेछन्। विद्युतीय सवारी साधनमा स्विच गर्ने सोच बनाइरहेका ग्राहकहरूका लागि यो कार्यक्रम सुवर्ण अवसर हुनेछ।
सेरेसले नेपालमा विद्युतीय गतिशीलताको नयाँ मापदण्ड स्थापना गर्दै लो मान्थाङभन्दा माथि ४६६० मिटरको उचाइमा रहेको चुनौतीपूर्ण कोरला पासमा पुग्ने पहिलो ईभी बन्ने इतिहास रचिसकेको छ। यसले ब्रान्डको नवप्रवर्तन, स्थायित्व र प्रदर्शनमा रहेको प्रतिबद्धता झल्काएको छ। उत्कृष्ट ग्राउन्ड क्लियरेन्स र बलियो निर्माणले सेरेस ईभीहरूलाई शहरी क्षेत्र मात्र होइन, नेपालको विविध भूभागमा सजिलै यात्रा गर्न सक्षम बनाएको छ।
सेरेसका बिजनेस हेड प्रशन्न पन्तका अनुसार यो कार्यक्रम विद्युतीय सवारी साधन लिन इच्छुक वा हालको गाडी अपग्रेड गर्न चाहने ग्राहकका लागि उत्कृष्ट अवसर हो। उनले सेरेससँग भविष्यको ड्राइभिङ अनुभव गर्न इच्छुक ग्राहकलाई कार्यक्रममा सहभागी हुन स्वागत गर्दै सेरेसको ग्राहक-केन्द्रित सेवाको प्रशंसा पनि गरे।
विद्युतीय सवारी साधनको नेपाली बजारमा नयाँ मापदण्ड स्थापित गर्न सफल सेरेसको यो कार्यक्रम ग्राहकलाई उन्नत प्रविधि, लक्जरी र दिगोपनको अनुभव दिलाउन केन्द्रित छ।