Logo

माछापुच्छ्रे क्यापिटलको सामाजिक उत्तरदायित्व, विद्यार्थीलाई वित्तीय साक्षरता तथा सचेतना प्रदान

माछापुच्छ्रे क्यापिटलको सामाजिक उत्तरदायित्व, विद्यार्थीलाई वित्तीय साक्षरता तथा सचेतना प्रदान



काठमाडौं । माछापुच्छ्रे क्यापिटल लिमिटेडले वित्तीय साक्षरता तथा सचेतना कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले आफ्नो ५ औं वार्षिकोत्सवको अवसरमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत मिति २०८१ माघ १३ गते सोह्रखुट्टे, काठमाडौंस्थित मोडर्न नेपाल कलेजमा वित्तीय साक्षरता तथा सचेतना कार्यक्रम सम्पन्न गरेको हो ।

उक्त कार्यक्रममा स्नातक तहका विद्यार्थी, कलेजका शिक्षक तथा कर्मचारीलाई सेयर बजारको आधारभूत शिक्षा, प्राविधिक विश्लेषण, र यसको प्रभावकारीता सम्बन्धी जानकारी प्रदान गरिएको थियो। क्यापिटलले माघ महिनाभर रक्तदान, वृद्धाश्रम सहयोग, वित्तीय साक्षरताका कार्यक्रम तथा आफ्ना विभिन्न सेवामा छुटलगायतका विविध सामाजिक कार्यक्रमहरू आयोजना गरी आफ्नो वार्षिकोत्सव भव्य रूपमा मनाइरहेको छ।

माछापुच्छ्रे क्यापिटल लिमिटेड, माछापुच्छ्रे बैंक लिमिटेडको सहायक कम्पनी हो। यसले नेपाल धितोपत्र बोर्डमार्फत धितोपत्र प्रत्याभूति, लगानी व्यवस्थापन, संस्थागत परामर्श सेवा, निक्षेप सदस्यता तथा सामूहिक लगानी कोषसम्बन्धी सेवा प्रदान गर्दै आएको छ।

प्रतिक्रिया दिनुहोस्