Logo

दोहोरो अंकले घटेर बन्द भयो बजार, ७ अर्ब ८५ करोडको कारोबार

दोहोरो अंकले घटेर बन्द भयो बजार, ७ अर्ब ८५ करोडको कारोबार



काठमाडौं । साताको अन्तिम कारोबार दिन ‘बिहीबार’ नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक दोहोरो अंकले घटेर बन्द भएको छ । कारोबार समयको सुरुवातिदेखि उत्तारचढाव भईरहेको नेप्से आज अन्तिम समयमा ११.१० अंकले घट्दै २६ सय ५४ को विन्दुमा झरेर रोकिएको हो ।

आज कारोबार अवधिभर कुल ३ सय १८ कम्पनीका १ करोड ५१ लाख ४ हजार बढी कित्ता सेयर किनबेच हुँदा कारोबार रकम ७ अर्ब ८५ करोड ७७ लाख ९२ हजार ३ सय २६ रुपैयाँ पुगेको छ ।

आज कारोबारमा आएकामध्ये १ सय ५० कम्पनीको सेयरमूल्य ओरालो लाग्दा ८५ कम्पनीको सेयरमुल्य भने बढेको छ । आज विकास बैंक र उत्पादनमुलकबाहेकका सबै समुहको परिसुचक ओरालो लागेका छन् ।

प्रतिक्रिया दिनुहोस्
Skip This