Logo

न्यूरोड मोवाइल महोत्सव पुस १३ देखि, मोवाइल खरिदमा हात खाली नजाने उपहार

न्यूरोड मोवाइल महोत्सव पुस १३ देखि, मोवाइल खरिदमा हात खाली नजाने उपहार


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । न्यूरोड मोवाइल महोत्सव २०७३ पुस १३ गतेदेखि हुने भएको छ । महोत्सव ७ दिनसम्म चल्ने छ । अंग्रेजी नयाँ बर्षको अवसर पारेर हुन लागेको महोत्सवको नेपाल मोवाइल व्यवसायी संघले आयोजना गर्न लागेको हो । ‘जहाँ मोवाइल त्यहीँ महोत्सव’ नाराका साथ हुन लागेको महोत्सवमा मोवाइल खरिदमा विभिन्न छुट तथा उपहारहरु प्रदान गरिने संयोजक पुरुषोत्तम बस्नेतले जानकारी दिए । महोत्सवमा जाने हरेक ग्राहकका लागि हातखाली नजाने उपहार राखिएको उनले जानकारी दिए ।

महोत्सवको मोवाइल सेवा प्रदायक एनसेलले प्रायोजक गरेको छ । महोत्सवअवधिभर स्मार्टफोन खरिदकर्तालाई एनसेलको सिम तथा १ सय एमबीको डाटा अफरमा दिइने महोत्सवका सह संयोजक आविष्कारलाल श्रेष्ठले जानकारी दिए । त्यस्तै ग्राहकहरुले मोवाइल खरिदमा विभिन्न व्राण्डका स्मार्टफोन दैनिक रुपमा लक्की ड्र मार्फत प्राप्त गर्न सक्नेछन् ।

महोत्सवकै अवसर पारेर जोप्पो र लिएगो मोवाइल व्राण्डले औपचारिक रुपमा विक्री शुरु गर्ने समेत बताइएको छ । त्यसैगरी महोत्सवमा आउने ग्राहकलाई लक्षित गर्दै भुगोल पार्कमा फुट जोन,गेमिंग जोन तथा किड्स जोन समेत राखिने भएको छ । महोत्सवमा २० भन्दा बढी कम्पनीले प्रायोजन गरेका छन् ।

संघका प्रवक्ता सन्दीपमान श्रेष्ठका अनुसार महोत्सवमा मोवाइल गेम कम्पिटिशन समेत गरिने छ । महोत्सवले न्यूरोडका मोवाइल व्यवसायलाई थप व्यस्थित गर्ने उनको तर्क थियो ।

प्रतिक्रिया दिनुहोस्