Logo

चार महिनामा अर्व भन्दा बढी निर्यात भएका पाँच बस्तु, उलन कार्पेटको निर्यात सवैभन्दा बढी

चार महिनामा अर्व भन्दा बढी निर्यात भएका पाँच बस्तु, उलन कार्पेटको निर्यात सवैभन्दा बढी


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । चालु आर्थिक बर्षको चार महिनामा नेपालबाट २४ अर्व ५२ करोड रुपैयाँ बराबरको वस्तु निर्यात भएका छन् । जसमध्ये उलन कार्पेट, जुस, तयारी पोसाक, जुट तथा टेक्सटायलको निर्यात १ अर्व भन्दा माथि रहेको नेपाल राष्ट्र बैंकको तथ्यांकले देखाएको छ ।

सो अवधिमा २ अर्व ६२ करोड रुपैयाँ बराबरको उनल कार्पेट निर्यात भएको थियो ।

त्यस्तै १ अर्व ५० करोड रुपैयाँ बारबरको जुट भारततर्फ निर्यात भएको छ । १ अर्व १ करोड रुपैयाँ बराबरको टेक्सटायल, जुस १ अर्व ७१ करोड रुपैयाँ र तयारी पोसाक १ अर्व ४० करोड रुपैयाँ बराबरको निर्यात भएको हो ।

प्रतिक्रिया दिनुहोस्