काठमाडौं । अर्घाखाँची ओपीसि सिमेन्ट कम्पनीले इन्जिनियरर्स, कन्ट्रयाक्टरर्स र निर्माणकर्मीहरुको विशेष भेटघाट कार्यक्रमको आयोजना गरेको छ । पोखराको लेकसाइडमा अवस्थित होटल टेम्पल ट्रीमा भेला अयोजना गरेको हो ।
सो अवसरमा कम्पनीका तर्फबाट भूकम्प प्रतिरोधक भवन निर्माण र गुणस्तरिय निर्माण सामाग्री छनौट गर्ने सम्बन्धमा अन्तरक्रिया कार्यक्रम गरिएको थियो ।
कार्यक्रममा अर्घाखाँची सिमेन्ट प्रालिका इन्जिनियर विकास भट्टराइले सहभागी सबैलाई भूकम्प प्रतिरोधक भवन निर्माण गर्न र भूकम्पको जोखिमलाई न्यूनीकरण गर्न बलियो घर निर्माणको प्राविधिक जानकारी प्रदान गरे । साथै गुणस्तरिय निर्माण सामाग्री छनौट गर्ने तरिकाहरुको बारेमा पनि जानकारी दिए ।
भेटघाटमा सहभागी सबैजनालाई कम्पनीका सिनियर सेल्स एण्ड मार्केटिङ् मेनेजर रमेश थापाद्वारा आगामी दिनमा अर्घाखाँची सिमेन्टले विशेष बजार नीति अपनाइ कार्य अगाडी बढाउनुका साथै अन्य संगठनमा पनि भूकम्प प्रतिरोधक भवन निर्माणको बारेमा तालिम तथा जानकारी मुलक कार्यक्रमको आयोजना गर्नेे जानकारी समेत दिइएको थियो ।