काठमाडौं । साताको दोस्रो कारोबार दिन ‘सोमबार’ नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक सामान्य अंकले बढ्दै बन्द भएको छ । कारोबार समयको सुरुवातिदेखि लगातार उत्तारचढाव भईरहेको नेप्से अन्तिम समयमा ६.७८ अंकले बढ्दै २६ सय ७ को विन्दुमा पुगेर रोकिएको हो ।
आज कारोबार अवधिभर ३ सय ११ कम्पनीका १ करोड ३६ लाख ७७ हजार बढी कित्ता सेयर किनबेच हुँदा कारोबार रकम ६ अर्ब ५७ करोड ४ लाख ७७ हजार माथि पुगेको छ । आज कारोबारमा आएकामध्ये १ सय १८ कम्पनीका सेयरमूल्य उकालो लाग्दा १ सय १७ कम्पनीको सेयरमूल्यमा गिरावट आएको छ ।