Logo

टोयोटाको नयाँ शोरुम कुपण्डोलमा, ७ जनाले किने नयाँ गाडी

टोयोटाको नयाँ शोरुम कुपण्डोलमा, ७ जनाले किने नयाँ गाडी


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । टोयोटा गाडीका नेपालका लागि आधिकारिक बितरक युनाइटेड टेडर्स सिण्डिकेटले आफ्नो सेवा बिस्तार गरेको छ । जस अन्र्तगत टोयोटाको गाडिहरुको नयाँ शोरुम ललितपुरको कुपण्डोलमा संचालनमा ल्याएको हो ।

सो शोरुमको भ्वइथका अध्यक्ष शुरज बैद्य र प्रबन्ध निर्देशक रितु सिंह बैद्यले संयुक्त रुपमा उद्दघाटन गरे । सो अवसरमा नयाँ गाडी खरिद गर्ने ७ जना ग्राहकलाई साँचो हस्तान्तरण गरिएको थियो ।

टोयोटा गाडि बिक्री गर्दै आएको इष्टलिंक मोर्टस प्रालिले उक्त शाखा शनिवारदेखि संचालनमा ल्याएको हो । नयाँ शाखामा टोयोटाका विभिन्न मोडलहरुका गाडिहरु खरिद गर्न सकिने बताइएको छ । कम्पनीले नयाँ शाखा स्थापना गरेको उपलक्ष्यमा टोयोटा गाडि खरिदकर्ताहरुका लागि विशेष सुविधा तथा अफरहरु पनि दिनेछ ।

शोरुम अन्तरराष्ट्रिय मापदण्ड अनुसारको रहेको बताइएको बताइएको छ । यस शोरुमबाट ग्राहकले प्राडो, र्याफो, हाइलक्स लगायतसबै किसिमका टोयोटा उत्पादनहरु खरिदगर्न सक्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्