काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले दुई कम्पनीलाई साधारण सेयर (आईपीओ) निष्कासन गर्न अनुमति दिएको छ। सेबोनले क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स र ओम मेघाश्री फर्मास्युटिकल्स कम्पनीलाई सेयर निष्कासनको स्वीकृति प्रदान गरेको हो।
क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सले प्रतिकित्ता १०० रुपैयाँका दरले २२ करोड ५० लाख रुपैयाँबराबरको २२ लाख ५० हजार कित्ता सेयर जारी गर्नेछ। यस आईपीओको बिक्री प्रबन्धक एनआईएमबि एस क्यापिटल रहेको छ।
यस्तै, ओम मेघाश्री फर्मास्युटिकल्सले पनि प्रतिकित्ता १०० रुपैयाँका दरले १८ करोड रुपैयाँबराबरको १८ लाख कित्ता सेयर निष्कासन गर्न अनुमति पाएको छ। यस आईपीओको बिक्री प्रबन्धक प्रभु क्यापिटल रहेको छ।
उक्त दुई कम्पनीको सेयर निष्कासनले लगानीकर्ताहरूका लागि नयाँ अवसर उपलब्ध गराएको छ।