बिजखबर संवाददाता
२३ पुसर, काठमाडौं । बुधबार नेप्से परिसुचक ६ दशमलव ७८ अंकले उकालो लागेको छ । बजार खुलेदेखि उकालो लागेको नेप्से पसिुचक ९ सय २४ दशमलव १९ अंकमा पुगेर अडिएको छ ।
बुधबार सवैभन्दा बढी बीमा र जलविद्युत् समुहको परिसुचक उकालो लागेको छ । ती समुहको परिसुचक क्रमशः ४५ दशमलव ३५ र ३६ दशमलव ३७ अंकले उकालो लागेका छन् । यसैगरी, बैकिङ समुहको परिसुचक पनि ३ दशमलव ४८ अंकले बढेको छ । बजारमा सवै समुहका परिसुचक उकालो लागेको छ ।
बुधवार कुल २६ करोड रुपैयाँको ६ लाख २९ हजार कित्ता सेयर कारोवार भएको छ ।