काठमाडौं । साताको अन्तिम कारोबार दिन ‘बिहीबार’ नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक सामान्य अंकले घटेर बन्द भएको छ । कारोबार समयको सुरुवातिदेखि उत्तराचढावसहित ओरालो लागेको नेप्से अन्तिम समयमा ७.३३ अंकले घट्दै २५ सय ८८.६२ को विन्दुमा झरेर बन्द भएको हो ।
आज कारोबार अवधिभर कुल २ सय ९६ कम्पनीका १ करोड १७ लाख ४९ हजार बढी कित्ता सेयर किनबेच हुँदा कारोबार रकम ५ अर्ब ९३ करोड ३७ लाख माथि पुगेको छ । आज जलविद्युत, उत्पादनमुलक, अतिरिक्त, म्युचुअल फण्ड र ब्यापारबाहेकका सबै समुहको परिसुचक ओरालो लागेका छन् ।
आज कारोबारमा आएकामध्ये १ सय ५२ कम्पनीको सेयरमूल्य ओरालो लाग्दा ८८ कम्पनीको सेयरमूल्य बढेको छ । आज ४ कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।