काठमाडौं । नेको इन्स्योरेन्सले शतप्रतिशत हकप्रद सेयर निष्काशनका लागि धितोपत्र बोर्डबाट अनुमित पाएको छ ।
केही समय अघि नेकोले १ बरावर १ को अनुपातमा हकप्रद सेयर जारी गर्न माग गर्दै बोर्ड समक्ष निवेदन दिएको थियो । सोही अनुरुप बोर्डले हकप्रद निष्काशनको लागि अनुमति दिएको हो ।
जसअनुसार बोर्डले ३२ लाख ४० हजार कित्ता सेयर जारी गर्ने प्रक्रिया अघि बढाउने छ । उक्त हकप्रदमा बिक्री प्रबन्धकको रुपमा एनएमबि क्यापिटल लिमिटेडले काम गर्दैछ ।