काठमाडौं । नागरिक लगानी कोषले आफ्ना सेयरधनीहरुलाई १३ प्रतिशत लभांस वितरण गर्नै भएको छ । कोषको शुक्रबार सम्पन्न ३० औं वार्षिक साधारणसभाले आर्थिक वर्ष २०८०/८१ को आम्दानी बाँडफाँड हिसाव विवरणमा छुट्याएको प्रस्तावित ७ प्रतिशत बोनस सेयर र ६ प्रतिशत नगद लाभांस (कर सहित) स्वीकृत गरेको हो ।
त्यसैगरी आ।व २०८०/८१ को सञ्चालक समितिको प्रतिवेदनमाथि छलफल गरी पारित भएको छ । योसँगै लेखापरीक्षकको प्रतिवेदनसहितको २०८१ असार मसान्तको वासलात, नाफा नोक्सान हिसाव र नगद प्रवाह विवरणमा छलफल गरी पारित भएको हो ।