Logo

रोकिएन नेप्सेको ओरालो यात्रा, परिसुचक १५ अंकले घट्दा कारोबार ६ अर्ब ६५ करोड नाघ्यो

रोकिएन नेप्सेको ओरालो यात्रा, परिसुचक १५ अंकले घट्दा कारोबार ६ अर्ब ६५ करोड नाघ्यो



काठमाडौं । साताको पहिलो कारोबार दिन ‘आईतबार’ उच्च अंकले घटेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचकले सोमबार पनि निरन्तरता पाएको छ । सोमबार कारोबार समयको सुरुवातिदेखि ओरालो लागिरहेको नेप्से अन्तिम समयमा १५.५४ अंकले घट्दै २५ सय ९४ को विन्दुमा झरेर बन्द भएको हो ।

आज कुल ३ सय २२ कम्पनीका १ करोड ३८ लाख ७० हजार बढी कित्ता सेयर किनबेच हुँदा कारोबार रकम ६ अर्ब ६५ करोड माथि पुगेको छ । आज कारोबारमा आएकामध्ये सबै समुहको परिसुचक ओरालो लागेका छन् ।

यस्तै आज कुल कारोबारमा आएकामध्ये १ सय ७५ कम्पनीको सेयरमूल्य घट्दा जम्मा ६३ कम्पनीको सेयरमूल्यमा मात्रै वृद्धि देखिएको छ । आज एक कम्पनीको सेयरमुल्यमा सकारात्मक र दुई कम्पनीको सेयरमूल्यमा नकारात्मक सर्किट लागेको छ ।

प्रतिक्रिया दिनुहोस्