Logo

नयाँ कम्पनीतर्फ डाइभर्ट भए लगानीकर्ता, परिसुचक र कारोवारमा सामान्य सुधार

नयाँ कम्पनीतर्फ डाइभर्ट भए लगानीकर्ता, परिसुचक र कारोवारमा सामान्य सुधार


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । केही समययता नेप्से परिसुचक ओरालो लाग्ने क्रम बढेसँगै लगानीकर्ताहरुले कम्पनी परिवर्तन गर्न थालेका छन् । हिजोसम्म एभरेष्ट बैंक, तथा अन्य वाणिज्य बैंकप्रति आकर्षित भएका लगानीकर्ता साताको अन्तिम दिन आज नेपाल टेलिकम, बीमा कम्पनी तथा सनराइज बैंकको प्रमोटर सेयर प्रति डाइभर्ट भएका छन् ।

लगातार एभरेष्ट बैंकमा झुम्मिएका लगानीकर्ता आज प्रायःजसो नयाँ कम्पनीमा आकर्षित भएका छन् । बजारमा १० उच्च कारोवार हुने कम्पनीमा धेरैजसो नयाँले स्थान जमाउन सफल भएको देखिन्छ । जसमा सनराइज बैंकको प्रमोटर सेयर, नेको इन्स्योरेन्स, नेपाल टेलिकम, चिलिमे हाइड्रोपावर तथा हाम्रो विकास बैंकको सेयर कारोवार बढी भएको छ । जसमा टेलिकमको प्रतिकिक्ता २३ रुपैयाँले बढ्दा समग्र रुपमा बजार बढ्न गएको हो । यसैगरी, एभरेष्ट तथा स्ट्यान्डर्ड चाटर्ड बैंकको पनि थोरै करोवारमा सेयर रमक उच्च बढ्न गएको छ ।

साताको अन्तिम दिन नेप्से परिसुचक र कारोवार रकम दुवै सामान्य उकालो लागेका छन् । हिजोसम्म उच्च रुपमा गिरावट आएको नेप्से परिसुचक विहीबार ४ दशमलव ७८ अंकले बढेको छ भने कारोवार रकममा पनि सामान्य बृद्धि हुन गएको छ । अघिल्लो दिनको तुलनमा कारोवार २ करोड रुपैयाँले बढ्दै ५० करोड रुपैयाँ पुगेको छ ।

बजारमा ४ वटा समुहको परिसुचक उकालो लाग्यो भने ४ समुहको ओरालो लाग्न गयो । जसमा बैंक, अन्य, उत्पादनमुलक र विकास बैंक समुहको परिसुचक उकालो लागेका छन् । तर, जलविद्युत, होटल, फाइनान्स तथा बीमा समुहको परिसुचक भने ओरालो लागेका छन् ।

प्रतिक्रिया दिनुहोस्