Logo

दोहोरो अंकले घटेर बन्द भयो बजार, कारोबार ४ अर्ब नजिक

दोहोरो अंकले घटेर बन्द भयो बजार, कारोबार ४ अर्ब नजिक



काठमाडौं । साताको पहिलो कारोबार दिन ‘शुक्रबार’ नेपाल स्टक एक्सचेन्ज(नेप्से) परिसुचक दोहोरो अंकले घटेर बन्द भएको छ । कारोबार समयको सुरुवातिदेखि ओरालो यात्रा तय गरेको नेप्से अन्तिम समयमा २५.४१ अंकले घट्दै २६ सय ९.६७ विन्दुमा झरेर रोकिएको हो ।

आज कारोबारमा आएकामध्ये सबै समुहको परिसुचक ओरालो लागेका छन् । आज कुल ३ सय १ कम्पनीका ८० लाख २१ हजार बढी कित्ता सेयर किनबेच हुँदा कारोबार रकम ३ अर्ब ९९ करोड ७९ लाख पुगेको छ ।

आज कारोबारमा आएकामध्ये १ सय ९४ कम्पनीको सेयरमूल्य ओरालो लाग्दा ४३ कम्पनीको सेयरमूल्यमा मात्रै वृद्धि देखिएको छ । आज उकालो लागेकामध्ये विन नेपाल लघुवित्त र सिन्धु विकास बैंकको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।

प्रतिक्रिया दिनुहोस्