Logo

एस एण्ड एस गार्मेन्टको न्यानो कपडा ब्यापार मेला हुँदै, विशेष छुटको व्यवस्था

एस एण्ड एस गार्मेन्टको न्यानो कपडा ब्यापार मेला हुँदै, विशेष छुटको व्यवस्था


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । एस एण्ड एस गार्मेन्ट प्रालिद्धारा उत्पादन गरिएका कपडाहरुको मेला पौष ९ गते शनिबार कुलेश्वरस्थित गौतमश्री कम्प्लेक्समा गर्ने भएको छ । स्वदेशमै रोजगारीको अबसर सृजना गर्दै नेपालमै उत्पादित गुणस्तरीय कपडाको प्रयोग गराउने मुख्य लक्षका साथ कपडा ब्यापार मेला गर्न लागिएको एस एण्ड एस गार्मेन्टका बजार प्रबन्धक रामेश्वर रिमाल बताए ।

जाडो तथा गर्मीका लागि कपडा उत्पादन गर्दै आएको एस एण्ड एस गार्मेन्टले स्कुल, कलेज, संघ सस्थाहरुका लागि पनि अर्डर अनुसारका कपडा तयार गर्दै आएको छ । नेपालमा उत्पादन गरिएको गार्मेन्ट प्रयोग गर्न प्रोत्साहित गर्ने उद्देस्यका साथ सर्वसाधारणलाई मेलामा सहभागि हुन गार्मेन्टले आब्हान गरेको छ ।

मेला बिहान ७ बजेदेखि बेलुकी ७ बजेसम्म चल्ने छ । मेलामा बिशेष छुटसहित कपडाको कारोबार गर्न लागेको यो तेस्रो पटक हो । यस अघि पनि गार्मेन्टले पहिलो र दोस्रो ब्यापार मेला गरिसकेको छ ।

यो गार्मेन्टले उपत्यकाका अन्य स्थानमा पनि कपडा ब्यापार मेला गर्ने योजना बनाएको जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्