Logo

धुम्वाराहीमा खुल्यो एस स्मार्ट क्याफे एण्ड रेष्टुराँ, ड्रिक्ंस गर्नेलाई निशुल्क घरमै पुर्याइने

धुम्वाराहीमा खुल्यो एस स्मार्ट क्याफे एण्ड रेष्टुराँ, ड्रिक्ंस गर्नेलाई निशुल्क घरमै पुर्याइने


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । धुम्माबाराहीमा ‘एस स्मार्ट क्याफे एण्ड रेष्टुरेन्ट व्याल्केट’ सञ्चालनमा आएको छ । बुधबार एक कार्यक्रमबीच उक्त क्याफे तथा रेष्टुरेन्टको औपचारिक रुपमा सञ्चालनमा आएको हो । ‘हामीले यस रेष्टुराँमा मदक पदार्थ सेवन गरेकालाई मध्यनगर गर्दै काठमाडौं उत्पत्यकाभित्र पहिलो पटक निशुल्क घरसम्म पुर्याउने व्यवस्था गरेका छौ,’ रेष्टुराँ सञ्चालक बाबुराम कार्कीले भने, ‘यो एउटा नयाँ शुरुवात हो ।’

रेष्टुराँमा विवाह, ब्रतबन्ध, बर्थ–डे पार्टी, सेमिनार तथा अन्य शुभ कार्यकक्रमका लागि सुविधा सम्पन्न हल तथा पार्किङको सुविधा रहेको छ । जसका लागि सानो र ठूलो गरी २ वटा सेमिनार हल रहेको छ ।

कार्कीका अनुसार दुई रोपनी क्षेत्रफलमा फैलिएको रेष्टुराँमा एकै पटकमा ६ सय जनालाई एकै साथ सेवा प्रदान गर्न सकिनेछ । सो क्याफेमा फ्रि–वाइफाईको सुविधा पनि उपलब्ध छ । समूहमा रेष्टुराँको क्षमता बिस्तार गरी ओपन गार्डेन रुफ्टप रेन्टुराँ पनि सञ्चालनमा ल्याइएको छ ।

रेष्टुरेन्ट पार्टी सेमिनारको अलवा विशेषगरि खाजा तथा खानाको राम्रो व्यवस्था गरिएको छ । ग्राहकको चाहाना र उदेश्य अनुसार पारिवारिक वातावरणमा स्तरीय सेवा प्रदान गरिने कार्कीको दावी छ । रेष्टुराँमा नेपाली, चाइनिज, इण्डियन, कन्टिनेन्टल इटालियनलगायत ग्राहकको चाहना अनुसारको खानाको परिकार पाइनेछ । रेष्टुराँले ४५ जनालाई रोजगारी प्रदान गरेको छ । आगामी दिनमा रेष्टुराँको क्षमता बिस्तारका लागि थप लगानी गरिने समेत उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्