काठमाडौं । साताको अन्तिम कारोबार दिन (बिहीबार) नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक दोहोरो अंकले घटेर बन्द भएको छ । कारोबार समयको सुरुवातिदेखि लगातार ओरालो लागेको नेप्से अन्तिम समयमा १८.१४ अंकले घट्दै २६ सय ३५.०९ को विन्दुमा झरेर बन्द भएको हो ।
आज कारोबारमा आएकामध्ये होटल तथा पर्यटनबाहेकका सबै समुहको परिसुचक ओरालो लागेका छन् । आज कुल ३ सय ८ कम्पनीका १ करोड ५७ लाख २३ हजार बढी कित्ता सेयर किनबेच हुँदा कारोबार रकम ७ अर्ब ३० करोड ५३ लाख नाघेको छ ।
आज १ सय ८० कम्पनीको सेयरमुल्य घट्दा ५५ कम्पनीको सेयरमूल्य उकालो लागेको छ । आज उकालो लागेकामध्ये दुई कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।