Logo

नेपाल लाइफ क्यापिटलमा नयाँ सञ्चालक समिति चयन, लामिछाने बने अध्यक्ष

नेपाल लाइफ क्यापिटलमा नयाँ सञ्चालक समिति चयन, लामिछाने बने अध्यक्ष



काठमाडौं । नेपाल लाइफ क्यापिटलको संचालक समिति अध्यक्षमा कृष्णराज लामिछाने चयन भएका छन् । कम्पनीको ११ औँ वार्षिक साधारण सभाले संस्थापक सेयरधनीहरूको तर्फबाट प्रतिनिधित्व गर्ने नयाँ सञ्चालक समिति चयन गरेको हो ।

सञ्चालक समितिमा निर्विरोध निर्वाचित हुनेहरूमा कृष्णराज लामिछाने, सुरेश कुमार अग्रवाल, अमित कुमार कयाल र प्रेम प्रसाद रेग्मी रहेका छन्।

सभापश्चात् बसेको सञ्चालक समितिको ११०औँ बैठकले लामिछानेलाई सर्वसम्मतिले अध्यक्षको जिम्मेवारी प्रदान गरेको छ। कम्पनीका प्रमुख कार्यकारी अधिकृत मनिष घिमिरेले यसबारे विज्ञप्ति जारी गर्दै जानकारी गराएका छन्।

प्रतिक्रिया दिनुहोस्