Logo

काठमाडौंदेखि सौराहासम्म मोटर ¥याली, सडक सुरक्षाको सन्देश प्रदान गरिदै

काठमाडौंदेखि सौराहासम्म मोटर ¥याली, सडक सुरक्षाको सन्देश प्रदान गरिदै


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । काठमाडौंदेखि सौराहासम्म मोटर ¥याली पुस १५ र १६ गते हुने भएको छ । लायन्स क्लब अफ काठमाडौं युनाइटेड सेन्ट्रल र अन्य क्लबले नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा) र नेपाल मोटर स्पोर्ट्स क्लब (एनएमएससी) को समन्वयमा उक्त मोटर ¥याली आयोजना गर्न लागेको हो ।
मोटर ¥याली काठमाडौंको लैनचौरस्थित स्काउट कम्पाउन्डबाट प्रारम्भ हुनेछ । त्यसपछि दामन, हेटौंडा हुँदै सौराहा पुग्ने बताइएको छ । समय, दुरी र गति (टीडीएस) प्रणालीका आधारमा आयोजना हुने उक्त ¥यालीका विजेताहरुलाई पुरस्कृत समेत गरिने आयोजकले जानकारी दिएको छ ।
¥यालीले नेपालमा विकसित हुँदै गरेको ड्राइभ टुरिजमलाई प्रवद्र्धन गर्नुका साथै सडक सुरक्षाको सन्देश समेत प्रदान गर्नेछ । त्यसैगरी यसले घुमफिर वर्ष २०७३ लाई प्रभावकारी रुपमा मनाउन पनि सहयोग गर्ने बताइएको छ ।

यो ‘टेन्थ सिन्सियर सिटिजन मोटर ¥याली’ हो । नासा र लायन्स क्लब लगायतका विभिन्न संस्थाले यो भन्दा पहिले यस प्रकारका ९ वटा मोटर ¥याली सम्पन्न गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्