Logo

अरुण काबेली पावरको सेयर गोलाप्रथाबाट बाँडफाँड, १० कित्तादेखि १ दशमलव ९७ प्रतिशतसम्म पाए

अरुण काबेली पावरको सेयर गोलाप्रथाबाट बाँडफाँड, १० कित्तादेखि १ दशमलव ९७ प्रतिशतसम्म पाए


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । मंगलबार अरुण काबेली पावरको सेयर बाँडफाँड भएको छ । कम्पनीले ३० लाख कित्ता साधारण सेयरको आज गोलाप्रथाबाट बाँडफाड गरेको हो । अरुण कावेलीको विक्री प्रवन्धक सिद्धार्थ क्यापिटलले उक्त सेयर बाँडफाँड गरेको हो ।

गोलाप्रथाबाट बाँडफाँड साना लगानीकर्ताले १० देखि १३ कित्ता पाएका छन् भने ठूला लगानीकर्ताको हकमा कुल मागको २ दशमलव ६७ प्रतिशत पाएका छन् । जस अनुसार ५ देखि ३५ हजार रुपैयाँको आवेदकले १० देखि १३ कित्ता पाएका छन् भने ३५ देखि ५० हजार रुपैयाँका आवेदकले २ दशमलब ६७ प्रतिशतका दरले सेयर बाँडफाँड गरिएको कम्पनीद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।

यसैगरी ५० हजार रुपैयाँ भन्दा माथिका आवेदकले १ दशमलब ९७ प्रतिशतका दरले सेयर पाएका छन् । सेयर बाँडफाँडसँगै कम्पनीको चुक्ता पूँजी १ अर्ब ५० करोड रुपैयाँ पुग्नेछ । कम्पनीले कात्तिक ९ गतेदेखि १२ गतेसम्म प्राथमिक सेयर निष्कासन गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्