काठमाडौं । सरकारले सार्वजनिक यातायातको भाडा वृद्धि गरेको छ। यातायात व्यवस्था विभागका अनुसार सोमबारदेखि लागू हुनेगरी यात्रुवाहक र मालवाहक सवारी साधनको भाडामा ३ प्रतिशतसम्म वृद्धि गरिएको हो।
नयाँ दरअनुसार यात्रुवाहक सवारीको भाडा ३.३० प्रतिशतले बढाइएको छ। पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारीको भाडामा ०.८१ प्रतिशत र तराईका मालवाहक सवारीमा ०.०५ प्रतिशतले वृद्धि गरिएको विभागले जनाएको छ।