Logo

शिवमको नयाँ प्रतिवद्धतात्मक अभियान, क्वालिटिको मामलामा ‘नो कम्प्रमाइज’

शिवमको नयाँ प्रतिवद्धतात्मक अभियान, क्वालिटिको मामलामा ‘नो कम्प्रमाइज’


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । शिवम् सिमेन्ट लिमिटेडले क्वालिटिको मामलामा नो कम्परमाइज भन्ने प्रतिबद्धात्मक अभियान सहित बजारमा प्रस्तुत भएको छ । अभियानको प्रारम्भिक चरणमा ३ दिनका लागि दैनिक विहान देखि बेलुकासम्म काठमाडौ,पोखरा नारायणगढ,जनकपुरलगायत अन्य विन्नि शहरहरुको प्रमुख चोकमा सामाजिक जनचेतनामुलक प्ले कार्ड लिएर मानिसहरु बसेको बताइएको छ ।

अभियानमा हस्पिटलको एरिया,सडकका मूख्य चोकमा सडक अनुशासन,स्वास्थ्य,धार्मिक ,परिवारको खुशीलगायतमा नो कम्परमाइज भन्ने सन्देशमूलक प्ले कार्ड राखिएको हो ।

यस्ता विषयमा सम्झौता गर्न हुदैन भन्ने बारे चेतना जगाई नेपाली समाजमा परिवर्तन ल्याउने उद्देश्य हो । त्यस्तै विभिन्न मानिसहरुले आफ्नो क्षेत्रको महत्वपूर्ण पक्षहरुमा लक्ष्य,कर्तव्य,सिद्धान्त,अस्तित्व तथा अधिकारको मामलामा सम्झौता नगरेका उदाहरणहरु प्रस्तुत गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्