Logo

नेपाल फूटवेयर सेल्स एण्ड मार्केटिङ एसोसिएसन स्थापना, अध्यक्षमा रिजाल

नेपाल फूटवेयर सेल्स एण्ड मार्केटिङ एसोसिएसन स्थापना, अध्यक्षमा रिजाल


बिजखबर संवाददाता
54
Shares

काठमाडौं । स्वदेशी उत्पादनलाई प्रोत्साहन तथा प्रवर्धन गर्ने उद्देश्यका साथ नेपाल फुटवेयर सेल्स एण्ड मार्केटिङ एशोसिएशन स्थापना भएको छ ।

जुत्ता चप्पलको सेल्स र बजार क्षेत्रमा रहेर काम गर्दै आइरहेकाहरुले स्थापना गरेको सो संघको अध्यक्षमा गणेशप्रसाद रिजाल चुनिएका छन् । त्यस्तै प्रथम उपाध्यक्ष रेशम भण्डारी,द्वितिय उपाध्यक्ष अर्जुन घिमिरे, सचिव अर्जुन खनाल र सह सचिवमा पूष्पकमल अधिकारी छानिएका छन् ।

एशोसिएसनको कोषाध्यक्ष रजत सिंह महर्जन र सदस्यहरुमा नविन गिरी,दिपक झा,श्याम मण्डल, सुरज कोईराला र बालकृष्ण घिमिरे रहेका छन् ।

सम्पूर्ण सेल्स र बजार सँग सम्बन्धित पेशागत कर्मचारीहरुको हक हितका साथै संस्थागत हितलाई समेत मध्यनजर गर्दै एउटै छाता मूनि बस्ने उद्देश्यका साथ एशोसिएशन स्थापना गरिएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्