Logo

अन्तिम कारोबार दिन सामान्य अंकले बढेर बन्द भयो बजार, कारोबार रकममा सुधार

अन्तिम कारोबार दिन सामान्य अंकले बढेर बन्द भयो बजार, कारोबार रकममा सुधार



काठमाडौं । साताको अन्तिम कारोबार दिन (बिहीबार) नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक सामान्य अंकले बढेर बन्द भएको छ । कारोबार समयको सुरुवातिदेखि उत्तारचढाव भईरहेको नेप्से अन्तिम समयमा ४.६३ अंकले बढेर बन्द भएको हो ।

आज कारोबार अवधिभर कुल ३ सय १५ कम्पनीका १ करोड ८ लाख बढी कित्ता सेयर किनबेच हुँदा कारोबार रकम ४ अर्ब ६० करोड नाघेको छ । यसअघि बुधबार जम्मा साढे ३ अर्ब बराबरको कारोबार भएको थियो ।

आज कारोबारमा आएकामध्ये ५ समुहको परिसुचक ओरालो लाग्दा ८ समुहको परिसुचक भने उकालो लागेका छन् ।
आज १ सय ५६ कम्पनीको सेयरमूल्य उकालो लाग्दा ७७ कम्पनीको सेयरमूल्य ओरालो लागेको छ । आज एक कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ ।

प्रतिक्रिया दिनुहोस्
Skip This