Logo

पुनः वियरिस ट्रेण्ड समाउँदै नेप्से, कसले बेच्यो एभरेष्टको २९ करोडको सेयर ?

पुनः वियरिस ट्रेण्ड समाउँदै नेप्से, कसले बेच्यो एभरेष्टको २९ करोडको सेयर ?


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । मंगलवार नेप्से परिसुचक १८ दशमलव ८९ अंकले ओरालो लागेको छ । सोमबार १६ अंकले घटेको नेप्से आज पनि झण्डै १९ अंकले घट्न पुगेको छ । सो दिन सेयर बजार १ हजार ४ सय ९५ दशमलव ९९ अंकमा झरेर बन्द भएको हो ।

मंगलबार बजारमा एभरेष्ट बैंकको प्रभाव बढी पर्न गएको छ । एभरेष्टको सेयर प्रति ८१ रुपैयाँले घट्दै २८ करोड ९३ लाख रुपैयाँको कारोवार भएको छ । जसले गर्दा बजारमा दोहोरो अंकको गिरावट आएको छ ।

बजार घट्दा हालसम्म थेगेर बसेका साना लगानीकर्ताले आफुसँग भएको एभरेष्टको सेयर भटाभट बेच्न थालेका छन् । मंगलबार प्रायःजसो साना लगानीकर्ताले एभरेष्ट बैंकको सेयर बेचका छन् । बजारमा विशेषगरी १० देखि १ सय कित्ता सेयर खरिदविक्री भएको छ । ठूला कित्ता सेयरको कारोवार खासै भएको देखिँदैन ।

बजारमा अधिकांश समुहका परिसुचक ओरालो लागेका छन् । जसमध्ये वीमा समुह सवैभन्दा बढी १ सय ११ अंकले घटेको छ भने जलविद्युत पनि ५२ अंकले ओरालो लागेको छ । मंगलबार बैंकिङ समुहको परिसुचक पनि साढे १९ अंकले ओरालो लाग्दा विकास बैंक समुह झण्डै १५ अंकले घटेको छ । तर, अन्य समुहको परिसुचक भने सामान्य मात्र बढेको छ ।

एभरेष्टको सेयर खरिदविक्री उच्च हुँदा कारोवार रकममा भने केही सुधार आएको छ । सोमबार ५६ करोड रुपैयाँको मात्र सेयर खरिदविक्री भएकोमा मंगलबार १२ करोड रुपैयाँले बढ्दै ६८ करोड रुपैयाँको सेयर खरिदविक्री भएको छ । बजारमा एभरेष्ट वाहेक अन्य कम्पनीको कारोवार भने खासै बढ्न सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्