Logo

नेप्सेमा उच्च अंकको गिरावट, कारोबार साढे ५ अर्ब नाघ्यो

नेप्सेमा उच्च अंकको गिरावट, कारोबार साढे ५ अर्ब नाघ्यो



काठमाडौं । मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा उच्च अंकको गिरावट आएको छ । कारोबार समयको सुरुवातिदेखि लगातार ओरालो लागेको नेप्से अन्तिम समयमा ३३.०८ अंकले घट्दै २५ सय ७६ को विन्दुमा झरेर रोकिएको हो ।

आज कारोबार अवधिभर कुल ३ सय ८ कम्पनीका १ करोड ३१ लाख ७४ हजार बढी कित्ता सेयर किनबेच हुँदा कारोबार रकम ५ अर्ब ६७ करोड ४६ लाख नाघेको छ ।

आज कारोबारमा आएकामध्ये अतिरिक्तबाहेकका सबै समुहको परिसुचक ओरालो लागेका छन् । यसरी आज कारोबारमा आएकामध्ये २ सय १३ कम्पनीको सेयरमूल्य घटेको छ भने जम्मा २८ कम्पनीको सेयरमूल्य मात्रै बढेको देखिन्छ । आज सेयरमूल्य घटेकामध्ये ४ कम्पनीको सेयरमा नकारात्मक सर्किट लागेको छ ।

प्रतिक्रिया दिनुहोस्