Logo

आईएमईद्धारा १० उत्कृष्ट एजेन्टलाई थाईल्यान्ड भ्रमण, कारोबारका आधारमा छनौट

आईएमईद्धारा १० उत्कृष्ट एजेन्टलाई थाईल्यान्ड भ्रमण, कारोबारका आधारमा छनौट


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । आईएमई लिमिटेडले आफ्ना १० उत्कृष्ट व्यावसायीक साझेदारहरुलाई थाईल्यान्ड भ्रमण गराएको छ । २०७२ साल पुस देखि २०७३ असारसम्म कारोबारलगायत अन्य मापदण्डका आधारमा १० उत्कृष्ट व्यवसायीक साझेदारहरुलाई भ्रमणमा लगेको हो ।

नेपालका शहरी तथा ग्रामिण क्षेत्रलाई समेट्ने गरी १ सय ४९ आईएमई सेन्टर सहित देशभर ५ हजार ४ सयभन्दा बढी सव–एजेन्ट र बैंक तथा वित्तीय संस्थाका शाखामार्फत् विदेशमा कार्यरत नेपालीहरुले कमाएको पैसा आफन्तको हातमा पुर्याउदै आएको छ ।

आईएमई हालै ‘सुलिभान एण्ड फ्रोस्ट’ द्वारा ‘ वेष्ट रेमिटेन्स कम्पनी अवार्ड – २०१६’ बाट सम्मानित भएको छ ।

प्रतिक्रिया दिनुहोस्