Logo

सीडीएससीको प्रबन्ध सञ्चालकमा प्रविन पन्दाक नियुक्त, सीइओको पनि भूमिका

सीडीएससीको प्रबन्ध सञ्चालकमा प्रविन पन्दाक नियुक्त, सीइओको पनि भूमिका



काठमाडौं । सिडिएस एण्ड क्लियरिङ लिमिटेड (सीडीएससी) को प्रबन्ध सञ्चालकमा प्रविन पन्दाक नियुक्त भएकी छन्।

पुस १४ गते बसेको सीडीएससीको सञ्चालक समिति बैठकले पन्दाकलाई प्रबन्ध सञ्चालकमा नियुक्त गरेको जानकारी सूचना अधिकारी सुरेश न्यौपानेले दिएका छन्। पन्दाक कम्पनीकी सञ्चालकसमेत रहेकी छन्। उनलाई प्रबन्ध सञ्चालकको जिम्मेवारीसहित प्रमुख कार्यकारी अधिकृत (सीईओ) को जिम्मा पनि दिइएको छ।

धितोपत्र कारोबारको राफसाफकर्ता यस कम्पनीमा तीन महिनादेखि सीईओको पद रिक्त थियो। सीईओ नियुक्त नभएसम्म पन्दाकले प्रबन्ध सञ्चालकको रुपमा कम्पनीको नेतृत्व गर्नेछिन्।

प्रतिक्रिया दिनुहोस्