Logo

सूदुरपश्चिममा पूँजीबजार सम्बन्धी जनतेचना फैलाउँदै बोर्ड, सोमबार जाजरकोट पुग्यो

सूदुरपश्चिममा पूँजीबजार सम्बन्धी जनतेचना फैलाउँदै बोर्ड, सोमबार जाजरकोट पुग्यो


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । धितोपत्र बोर्डले सेयर लगानीकर्तालाई लगानी सम्बन्धी सचेतताको अभिबृद्धि तथा पूँजी बजारलाई देशव्यापी वनाउन सुदुर पश्चिममा प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रम शुरु गरेको छ । देशका ७५ वटै जिल्लामा लगानीकर्ता प्रशिक्षण तथा अन्तरक्रिया गर्ने क्रममा आज जाजरकोट पुगेको छ ।

बोर्डले यस अधि भेरी अञ्चलको अधिकांश जिल्लामा प्रशिक्षण कार्यक्रम गरिसकेको छ । बोर्डले जाजरकोट उद्योग वाणिज्य संघको संयुक्त आयोजनमा पूँजी बजार सम्बन्धमा जनचेतना अभिवृद्धि तथा अन्तरक्रिया कार्यक्रम गरेको हो ।

जाजरकोट उद्योग वाणिज्य संघका उपाध्यक्ष पारसकुमार वाग्लेको अध्यक्षतामा संचालन भएको सो कार्यक्रममा प्रमुख जिल्ला अधिकारीलगायतका आफ्ना मन्तव्य राखेका थिए ।

यसैगरी बोर्डका अध्यक्ष डा. रेवतबहादुर कार्कीले कार्यक्रमलाई संवोधन गर्दै काठमाडौं केन्द्रित रहेको पूँजी बजारलाई देशव्यापी वनाउन तथा यस सम्बन्धि जनचेतना बढाउने उद्देश्यले यस्ता कार्यक्रम गरिएको बता । ‘प्राथमिक बजारमा धितोपत्रको सार्वजनिक निष्काशन कार्यलाई छिटो छरितो र पारदर्शी बनाई सर्वसाधारण लगानीकर्ताले सहज रुपमा धितोपत्र खरीदगर्न सक्ने व्यवस्था गर्न यहि माघ १ गते देखि आस्वा प्रणाली लागू गर्ने निर्णय गरिएको छ,’ उनले भने, ‘२०७३ साउन १ गते देखि काठमाडौं उपत्यका र २०७३ माघ १ गतेबाट उपत्यका बाहिरबाट समेत सार्वजनिक निष्काशनमा दरखास्त दिने दरखास्तवालाहरुले दरखास्त फारममा आफ्नो डिम्याट खाता उल्लेख गर्नुपर्ने हुन्छ ।’

नयाँ व्यवस्था पूर्ण रुपमा लागू भए पश्चात प्राथमिक बजारमा लगानीकर्ताहरुको पहँुच बढने डा. कार्कीको दावी छ । साथै धितोपत्रको दोस्रो बजार कारोवारलाई समेत देशव्यापी बनाउन बोर्डले विभिन्न नीतिगत सुधारका काम गरिरहेको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्