काठमाडौं । साताको पहिलो कारोबार दिन (आईतबार) नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा दोहोरो अंकको गिरावट आएको छ । कारोबार समयको सुरुवातिदेखि उत्तारचढावसहित ओरालो लागेको नेप्से अन्तिम समयमा २१.१२ अंकले घट्दै २६ सय ९ को विन्दुमा झरेर रोकिएको हो ।
कारोबार अवधिभर कुल ३ सय १६ कम्पनीका १ करोड १० लाख ९९ हजार बढी कित्ता सेयर किनबेच हुँदा कारोबार झण्डै साढे ५ अर्ब अर्थात ५ अर्ब ४७ करोड ४८ लाख ६८ हजार माथि पुगेको छ ।
आज कारोबारमा आएकामध्ये लघुवित्त, म्युचुअल फण्ड र अतिरिक्तबाहेकका सबै समुहको परिसुचक ओरालो लागेका छन् । यसो हुँदा आज ५ कम्पनीको सेयरमूल्यमा नकारात्मक सर्किट लागेको नेप्सेले जानकारी दिएको छ ।