Logo

निम्वसले ल्यायो व्यञ्जन खाने तेल, मूल्य प्रतिलिटर १ सय ९० र दुई सय

निम्वसले ल्यायो व्यञ्जन खाने तेल, मूल्य प्रतिलिटर १ सय ९० र दुई सय


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । निम्वसले ‘व्यञ्जन’ खाने तेल बजारमा ल्याएको छ । आइतवार काठमाडौंमा एक कार्यक्रम आयोजना गरि निम्वसको व्यञ्जन तेल सार्वजनिक गरिएको हो । सो अवसरमा कृषि मन्त्री गौरी शंकर चौधरी, निम्वसका अध्यक्ष जगदिश अग्रवाल र नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष पशुपती मुरारकालगायतले संयुक्त रुपमा तेल सार्वजनिक गरेका हुन् ।

कार्यक्रममा निम्वसका प्रबन्ध निर्देशक आनन्द वगरियाले व्यञ्जन अन्तरराष्ट्रिय गुणस्तर निर्धारण गरी उत्पादन गरिएको बताए ।
उक्त ब्राण्डको तेल गुणस्तरका आधारमा अन्तरराष्ट्रिय उत्पादनसँग प्रतिस्पर्धा गर्न सक्षम रहेको उनको दाबी छ ।
IMG_20161218_201706

कम्पनीले हाल तराई र काठमाडौं र पोखरालगायत क्षेत्रमा यो तेल उपलब्ध गराएको प्रबन्ध निर्देशक वगरियाले बताए । निम्वसले व्यञ्जन नामक सूर्यमुखी र तोरीको तेल १ र २ लिटरको बोटल तथा १ लिटरको प्याकेटमा बजारमा उपलब्ध गराएको हो । १ लिटर सूर्यमुखी तेलको मूल्य १ सय ९० रुपैयाँ र १ लिटर तोरीको तेलको २ सय रुपैयाँ बजार मूल्य कायम गरिएको छ ।

व्यञ्जन तेल लेमिनेटेड प्याकमा उपलब्ध छ । स्वदेशी कम्पनीमध्ये पहिलोपटक व्यञ्जनले पेट बोतलमा तेल ल्याएको प्रबन्ध निर्देशक वगरियाले बताएका छन् । तेलमा भिटामीन, इ,ए र डी भएको बताइएको छ । यो तेल विशेषगरी स्वास्थ्यप्रति सजगहरुका लागि यो तेल उपयुक्त हुने बताए । कम्पनीले २००४ देखि कृषि क्षेत्रमा लगानी गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्