Logo

रोकिएन नेप्से ओरालो लाग्ने क्रम, कारोवार रकम पनि घट्दै, बढ्यो विक्री चाप

रोकिएन नेप्से ओरालो लाग्ने क्रम, कारोवार रकम पनि घट्दै, बढ्यो विक्री चाप


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । पछिल्लो हप्ता सामान्य रुपमा उत्तरचढाव भएको नेप्से सोमबार झण्डै १६ अंकभन्दा बढीले घट्न पुगेको छ । बजारमा विक्री चप बढ्दा नेप्से घट्ने क्रम जारी नै रहेको छ ।

बजारमा बढी कारोवार भएका प्रायजसो कम्पनीको विक्री चाप रहेको छ । बजारमा सेयर खरिदभन्दा विक्रीे संख्या ३ गुणा बढी रहेको छ ।

बजारमा विक्री चाप बढ्दा नेप्से परिसुचक १६ दशमलव ४२ अंकले घट्न पुगेको छ । बोनस तथा हकप्रद जारी उच्च रुपमा बढेसँगै सेयर विक्री गर्ने क्रम बढेको सम्बद्ध लगानीकर्ताहरु बताउँछन् ।

सोमबार बजारमा सवै समुहका परिसुचक ओरालो लागेका छन् । जसमा सवैभन्दा बढी बीमा समुहको परिसुचक १ सय ३ अंकले ओरालो लागेको छ भने बजारमा बढी प्रभाव पार्ने बैंकिङ समुहको परिसुचक पनि १८ अंकले घट्न पुगेको छ ।
यसैगरी जलविद्युत समुह १८ अंकले घट्दा होटल समुहमा १५ अंकको गिरावट आएको छ । फाइनान्स र विकास बैंक समुह भने सामान्य ओरालो लागेका छन् ।

बजारमा कारोवार रकमा पनि गिरावट आएको छ । आइतबारको तुलनामा ६ करोड रुपैयाँभन्दा कमको सेयर खरिदविक्री भएको छ । सोमबार ५६ करोड रुपैयाँ बरावरको ६ लाख ८८ हजार कित्ता सेयर खरिदविक्री भएको छ ।

केही समययता बजारको कारोवार एभरेष्ट बैंकले थेग्दै आएको छ । कुल ५६ करोड रुपैयाँको कारोवार हुँद एभरेष्ट बैंकको साढे १६ करोड रुपैयाँ बरावरको सेयर खरिदविक्री भएको छ । उच्च कारोवार हुने १० कम्पनीमध्ये अन्यको भने २ करोड रुपैयाँभन्दा बढीको सेयर खरिदविक्री हुन सकेन ।

प्रतिक्रिया दिनुहोस्