Logo

पुँजी बजारमा नयाँ आयामको सुरुवात, यसरी भयो एनआरएन इन्फ्रास्ट्रक्चरबाट विकृतिको अन्त्य

पुँजी बजारमा नयाँ आयामको सुरुवात, यसरी भयो एनआरएन इन्फ्रास्ट्रक्चरबाट विकृतिको अन्त्य



काठमाडौं । नेपालको पुँजी बजारमा नयाँ आयामको सुरुवात भएको छ । एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट लिमिटेडमा संस्थागत आधारभुत लगानीकर्ताहरुलाई संचालकबाट हटाएर दोस्रो बजारबाट सेयर खरिद गर्ने लगानीकर्ताहरु संचालक भएसँगै पुँजी बजारमा नयाँ आयामको सुरुवात भएको हो ।

यसअघि सीमित संस्थापकहरुले आफ्नो सेयर दास्रो बजारमा विक्री गरी कम्पनीमा हालीमुहाली गर्दै आएकोमा एनआरएन डेभलपमेन्टमा यस्ता संचालकहरुलाई हटाएर दोस्रो बजारबाट सेयर खरिद गर्ने व्यक्तिहरु संचालकमा चुनिएका हुन् ।

यसअघि आधारभुत लगानीकर्ता तथा संस्थापकहरुले सेयर विक्री गरेपनि उनीहरुले सामान्य सेयर लिएर सेयर बजार कब्जा गर्दैे आएका थिए । तर, एनआरएन डेभलपमेन्टका मुख्य लगानीकर्ता तथा एनआरएनका पूर्व अध्यक्ष शेष घलेलगातयले स्थापना गरेको कम्पनीमा दोस्रो बजारमा सेयर खरिद गरेका लगानीकर्ताहरुले नै उनिहरुलाई बहिस्कार गरिदिए ।

कम्पनीको नाम एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट रहेपनि सेस घलेले आफ्ना प्रतिनिधिहरुलाई उक्त कम्पनीको संचालकमा चयन गराउन सकेनन् । सो कम्पनीमा दोस्रो बजारबाट सेयर खरिद गर्ने लगानीकर्ताहरुको मात्रै प्रतिनिधित्व रहन पुग्यो । अर्थात कम्पनी स्थापना गरेका शेष घलेलगायतका टिमहरु सो कम्पनीबाटै बाहिरिएका छन् ।

१२ औं बार्षिक साधारणसभाले कम्पनीको संचालकमा सिताराम थपलिया, राजिव प्रसाद प्याकुरेल, तिलक कोइराला, विश्वराज नेपाल, दिनुका पोख्रेललाई चयन गरेको छ । यस्तै साधारसभाले बिमल कुमार भट्राईलाई पनि संचालकमा चयन गरेको हो ।
कम्पनीको संचालकहरुमध्ये संस्थापक सेयरतर्फबाट एउटा बिमल कुमार भट्टराई मात्रै चयन भएका छन् भने बाँकी सबै दोस्रो बजारमा सेयर खरिद गर्ने लगानीकर्ता हुन् ।

प्रतिक्रिया दिनुहोस्