काठमाडौं । गरिमा म्युचूअल फण्ड अन्तर्गत ‘गरिमा समृद्धि योजना’ को सार्वजनिक निष्काशन तथा बिक्री चार कार्य दिनमा नै सम्पन्न भएको छ। गरिमा विकास बैंक लिमिटेड कोष प्रवर्धक र गरिमा क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको सामूहिक लगानी कोष गरिमा म्युचूअल फण्ड अन्तर्गत पहिलो बन्दमुखी योजना ‘गरिमा समृद्धि योजना’ को १ अर्ब रुपैयाँ बराबरको निष्काशन तथा बिक्री कार्य चार कार्य दिनमै सम्पन्न भएको हो।
गरिमा समृद्धि योजनाको बीज पुँजी सहित प्रति इकाई अंकित मूल्य १० रुपैयाँ दरको १०,००,००,००० (दश करोड) इकाइहरू मिति २०८१ साल पौष ७ गते देखि २०८१ साल पौष ११ गते सम्मको लागि सार्वजनिक निष्काशन खुल्ला गरिएको थियो। यो अवधिभर रितपूर्वक माग भन्दा बढी रकमको लागि आवेदन परेको कारण सार्वजनिक निष्काशन तथा बिक्री कार्य मिति २०८१ साल पौष ११ गते देखि लागू हुने गरी बन्द गरिएको जानकारी गराइएको छ।
यस निष्काशन कार्यमा सहयोग र सद्भाव प्रदान गर्नुहुने सम्पूर्ण शुभेच्छुक, लगानीकर्ता आवेदक, सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु, निष्काशन बैंक तथा सम्बन्धित सबै नियमन निकायलाई हार्दिक धन्यवाद ज्ञापन गरिएको छ। आगामी दिनहरुमा सबैको साथ, सहयोग तथा सद्भाव कायम रहने विश्वास प्रकट गरिएको छ।