Logo

सामान्य बढ्यो सुनको मूल्य, तोलाको ५२ हजारमा कारोवार, चाँदीमा भने गिरावट

सामान्य बढ्यो सुनको मूल्य, तोलाको ५२ हजारमा कारोवार, चाँदीमा भने गिरावट


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । सोमबार सुनको मूल्यमा सामान्य बृद्धि भएको छ । आइतबार प्रतितोला २ सय रुपैयाँले बढेको सुन सोमबार पुनः १ सय रुपैयाँले बढेन् पुगेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य बढ्दै प्रतितोला ५२ हजार रुपैयाँमा कारोवार भइरहेको छ ।

बजारमा चाँदीको मूल्य भने सामान्य ओरालो लागेको छ । चाँदी प्रतितोला ५ रुपैयाँले घट्दै ७ सय ५० रुपैयाँमा कारोवार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्