Logo

आइपीओ जारी गर्दै पैयुखोला जलविद्युत कम्पनी, साधारणसभा आह्वान

आइपीओ जारी गर्दै पैयुखोला जलविद्युत कम्पनी, साधारणसभा आह्वान



काठमाडौं । पर्वतको पैयु खोला हाइड्रोपावर लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । आईपीओ निष्कासनको प्रस्ताव पारित गर्न कम्पनीले पुस २८ गते विशेष साधारण सभा आह्वान गरेको छ । उक्त सभा वालिङ नगरपालिका स्याङ्जामा बिहान ११ बजेदेखि बस्नेछ ।

उक्त सभामा गत आर्थिक वर्षको वार्षिक र लेखापरीक्षण प्रतिवेदनलगायत अन्य वित्तीय विवरण छलफल गरी पारित गर्ने, चालू आवका लागि लेखापरीक्षक नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्