Logo

सामान्य अंकले बढेर बन्द भयो बजार, कारोबार ५ अर्ब नाघ्यो

सामान्य अंकले बढेर बन्द भयो बजार, कारोबार ५ अर्ब नाघ्यो



काठमाडौं । साताको अन्तिम कारोबार दिन ‘बिहीबार’ नेपाल स्टक एक्सचेन्ज (नेप्से) सामान्य अंकले बढेर बन्द भएको छ । कारोबार समयको सुरुवातिदेखि लगातार उत्तारचढाव भईरहेको नेप्से अन्तिम समयमा ४.१९ अंकले बढ्दै २६ सय ३० को विन्दुमा पुगेर रोकिएको हो ।

आज कारोबार अवधिभर कुल ३ सय १० कम्पनीका २ करोड ९ लाख ७८ हजार बढी कित्ता सेयर किनबेच हुँदा कारोबार रकम ५ अर्ब ३२ करोड ९२ लाख माथि पुगेको छ । आज कारोबारमा आएकामध्ये बैंकिङ, लगानी, लघुवित्त र व्यापारबाहेकका सबै समुहका परिसुचक ओरालो लागेका छन् ।

आज १ सय ६३ कम्पनीको सेयरमूल्य घट्दा ७० कम्पनीको सेयरमूल्यमा वृद्धि देखिएको छ । आज सेयरमुल्य बढेका कम्पनीमध्ये आत्मनिर्भर लघुवित्त र सपोर्ट माइक्रोफाइनान्सको सेयरमुल्यमा सकारात्मक सर्किट लागेको छ ।

प्रतिक्रिया दिनुहोस्