Logo

नेप्सेमा लगातार दोहोरो अंकको वृद्धि, कारोबार रकमले पनि साथ दिँदै

नेप्सेमा लगातार दोहोरो अंकको वृद्धि, कारोबार रकमले पनि साथ दिँदै



काठमाडौं । साताको तेस्रो कारोबार दिन ‘मंगलबार’ नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक दोहोरो अंकले बढेको छ । कारोबार समयको सुरुवातिदेखि उत्तारचढावसहित बढेको नेप्से अन्तिम समयमा १४.११ अंकले बढ्दै २६ सय २६ को विन्दुमा उक्लेर रोकिएको हो ।

आज कारोबार अवधिभर ३ सय १२ कम्पनीका १ करोड २७ लाख ४६ हजार बढी कित्ता सेयर किनबेच हुँदा ५ अर्ब २० करोड २२ लाख माथिको कारोबार भएको छ । यसअघि सोमबार जम्मा ४ अर्ब आसपासको कारोबार भएको थियो ।

आज कारोबारमा आएकामध्ये उत्पादनमुलक र व्यापारबाहेकका सबै समुहको परिसुचक उकालो लागेका छन् । यसो हुँदा आज कारोबारमा आएकामध्ये १ सय ६७ कम्पनीको सेयरमुल्य उकालो लाग्दा ७१ कम्पनीको सेयरमूल्यमा गिरावट आएको छ ।
आज बजार उकालो लाग्दा ३ कम्पनीको सेयरमुल्यमा सकारात्मक सर्किट लागेको छ ।

प्रतिक्रिया दिनुहोस्