Logo

दिनभर उत्तरचढाव भएको नेप्सेमा सामान्य सुधार, कारोवार थेग्दै एभरेष्ट बैंक

दिनभर उत्तरचढाव भएको नेप्सेमा सामान्य सुधार, कारोवार थेग्दै एभरेष्ट बैंक


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । बजार खुलेदेखि उत्तरचढाव भएको नप्से परिसुचक अन्तत सामान्य बढेको छ । बजार खुलेको केही समय दोहोरो अंकमा घटेको नेप्से बन्द हुँदा १ दशमलव २९ अंकले बढ्न पुगेको छ ।

बीमा समुहको परिसुचक बढ्दा नेप्से सामान्य रुपमा उकालो लागेको छ । बजारमा सो समुहको परिसुचक ७२ अंकले उकालो लागेको छ । यसैगरी अन्य र होटल समुहको परिसुचक पनि समान्य बढेका छन् ।

साताको पहिलो दिन बजारमा बढी प्रभाव पार्ने समुहको परिसुचक भने ओरालो लागेका छन् । बैंकिङ, विकास बैंक, फाइनान्स तथा जलविद्युत समुहको परिसुचक ओरालो लागेका छन् ।

बजारमा १ सय ३३ कम्पनीको सेयर कारोवार भएको छ । ती कम्पनीको कुल ६२ करोड २० लाख रुपैयाँ बरावरको ७ लाख ५२ हजार कित्ता सेयर खरिदविक्री भएका छन् ।

बढी कारोवार हुने कम्पनीको सुचिमा भने एभरेष्ट बैंक नै अगाडी रहेको छ । एभरेष्टको १५ करोड ३४ लाख रुपैयाँको सेयर खरिदविक्री हुँदा समग्र कारोवार बढ्न गएको हो । तर, अन्य कम्पनीको भने ३ करोड रुपैयाँको हाराहारीमा मात्र रहेको छ ।

प्रतिक्रिया दिनुहोस्