काठमाडौं । साताको दोस्रो कारोबार दिन ‘सोमबार’ नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक दोहोरो अंकले बढेर बन्द भएको छ । कारोबार समयको सुरुवातिदेखि उत्तारचढावसहित उकालो लागेको नेप्से अन्तिम समयमा २८.९१ अंकले बढ्दै २६ सय १२ को विन्दुमा पुगेर रोकिएको हो ।
आज कारोबार अवधिभर कुल ३ सय २८ कम्पनीका ८९ लाख ८ हजार ८ सय १५ कित्ता सेयर ५५ हजार ९ सय ३८ पटक किनबेच हुँदा कारोबार रकम ४ अर्ब ४३ करोड रुपैयाँ नाघेको हो ।
आज कारोबारमा आएकामध्ये १ सय ९४ कम्पनीको सेयरमूल्य बढेको छ भने ४२ कम्पनीको सेयरमूल्यमा गिरावट आएको छ । आज म्युचुअल फण्डबाहेकका सबै समुहको परिसुचक उकालो लागेका छन् । उच्च अंकले बढेर बन्द भएको बजारमा विभिन्न ३ कम्पनीको सेयरमुल्यमा सकारात्मक सर्किट लागेको नेप्सेले जानकारी दिएको छ ।