Logo

सामान्य बढ्यो सुन, प्रतितोला ५१९०० मा कारोवार, चाँदी स्थिर

सामान्य बढ्यो सुन, प्रतितोला ५१९०० मा कारोवार, चाँदी स्थिर


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । केही समय यता लगातार ओरालो लागेको सुनको मूल्य यो साताको पहिलो दिन सामान्य बढेको छ । आइतबार सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले बढेको छ ।

बजारमा सुनको भाउ बढेर प्रतितोला ५१ हजार ९ सय रुपैयाँमा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

अघिल्लो साता उच्च रुपमा घटेको चाँदीको मूल्य भने स्थिर रहेको छ । चाँदी स्थिर रही प्रतितोला ७ सय ६५ रुपैयाँमा कारोवार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्